बुटवल।
बुधबार (हिजो) नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको आज दिउँसो १ बजे प्रदेशको स्थायी राजधानी देउखुरीमा पद तथा गोपनीयताको सपथ ग्रहण हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा रहेको प्रांगणमा सपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालयका सचिवल चिरञ्जीवी पौडेलले जानकारी दिए । सपथ ग्रहणपछि गिरीले पदभार गर्नेछन् ।
नेपालको संविधान धारा १७२ बमोजिम मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश कानुन बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु पर्ने कानुनी व्यवस्था छ ।
यसैबीच आजै ३ देखि ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी छ। एमाले, माओवादी र अन्य साना दलहरूको सहभागितामा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ। कसले कुन मन्त्रालय पाउने भन्ने विषयमा अहिले विहान छलफल भइरहेको छ ।