दाङ ।
लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति÷माघी पर्वका अवसरमा माघ २ गते सार्वजनिक बिदा दिएको छ।
गत चैत २१ को मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेशमा माघ २ गते सार्वजनिक बिदा दिएको आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
यससँगै लुम्बिनी प्रदेशमा माघे संक्रान्ति÷माघीको बिदा दुई दिन हुने भएको छ । माघ १ गते भने संघीय सरकारले नै बिदा दिएको छ।
माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले माघी मिलन कार्यक्रम समेत गर्ने भएको छ।
माघ २ गते आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयको प्रांगणमा माघी मिलन कार्यक्रमको आयोजना गर्न लागेको समेत जनाइएको छ।
सूचना :