नवलपरासी ।
पश्चिम नवलपरासी प्रहरीले ठूलो मात्रामा अवैध रुपमा राखिएको चिनी बरामद गरेको छ ।
शुक्रबार राति रामग्राम नगपालिका–८ लोसहडास्थित धर्मेन्द्र यादवको कुखुरा फर्ममा लुकाएर राखेको अवस्थामा उक्त चिनी बरामत गरिएको हो ।
राजस्व अनुसन्धान कार्यायल सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले सहयोगमा छापा मार्दा ६३ लाख बराबर मूल्य पर्ने ८ सय ४१ क्विन्टल चिनी बरामद भएको पश्चिम नवलपरासी प्रहरीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।
बरामद भएको चिनी के कसरी जिल्लासम्म भित्रियो भन्ने विषयमा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल लगिएको छ ।
यसअघि पनि जिल्लाका विभिन्न नाकाबाट भन्सार छलेर भारतबाट चिनी भित्राउने गरेको जनगुनासो आउने गरेको थियो ।