कसौधन समाज रुपन्देही अन्तर्गत कसौधन युवा समिति र कसौधन महिला समितिले मानव सेवा आश्रम, बुटवलमा आज माघे सङ्क्रान्ति पर्वको अवसरमा खिचडी खुवाउने र अन्नदान लगायत न्यानो कपडा र सरसफाईका सामग्रीहरू वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रममा आश्रममा रहेका ८२ जनालाई खिचडी खुवाइएको थियो भने आश्रम सरसफाईका सामग्रीहरू र ८२ जनालाई न्यानो जुराफ वितरण गरेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष अनिश कसौधनको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि कसौधन युवा समितिका संस्थापक अध्यक्ष धर्मेन्द्र कसौधन रहनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि कसौधन महिला समितिकी अध्यक्ष निशा कसौधन, अतिथिमा मानव सेवा अश्रमकी जिल्ला संयोजक टीका थापाले शुभकामना मन्तव्य दिएको कार्यक्रममा महिला समितिकी सचिव आशा कसौधनले स्वागत मन्तव्य राख्नुभएको थियो।
कसौधन समाजले पछिल्ला दिनहरूमा पनि धेरै पटक यस्ता समाज सेवी कार्यक्रमहरु गार्दै आइरहेकोमा आगामी दिनहरूमा पनि समाज सेवा प्रति आफ्नो उत्तरदायित्व पूरा गर्ने प्रतिबद्धता अध्यक्ष कसौधन्ले गर्नु भएको छ।
विगत वर्षहरुमा पनि कसौधन समाजले आश्रममा अन्नदान कार्यक्रम गर्दै आएको जानकारी संयोजक आरती कासौधनले गराए ।