४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

लुम्बिनी प्रदेशको सभामुखमा माओवादीका घर्ती निर्विरोध, उपसभामुखमा ३ जना

लुम्बिनी प्रदेशको सभामुखमा एक र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । आज सोमवार प्रदेश सभा सचिवको कार्यकक्षमा सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएको हो । सभामुख र उपसभामुखमा भोलि मङ्गलवार मतदान हुने कार्यक्रम तय भएको भएपनि लुम्विनीमा सभामुखमा घर्ति निर्विरोध भएका छन् ।

सत्तारूढ दलको गठबन्धनका तर्फबाट सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्राकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ ।

यस्तै उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मला देवी चौधरीको मनोनयन दर्ता भएको छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार