२ असार २०८१, आइतवार
२ असार २०८१, आइतवार

बि. बि. माबिको ७० औं बार्षिकोत्सव

न्युज सम्वाददाता / अर्घाखाँची ।
विद्या विनोद माध्यमिक विद्यालय पाणिनी ७ अड्गुरीको ७० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिवार एक कार्यक्रमका विच मनाईएको छ ।
स्थापनाको ७० वर्ष को उपलक्ष्यमा आयोजित कार्यक्रम विद्यालयका निवर्तमान अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने प्रमुख अथिति रहनु भएको थियो , कार्यक्रममा बोल्दै प्रमुख अथिति न्यौपानेले शिक्षाको समग्र विकासका लागि गाउँपालिकाले यथासक्य योजनाहरु ल्याउने बताउदै, शिक्षा विकासमा विद्या विनोद मा.विको पहल र मेहनतको प्रशंसा गर्नु भएको छ ।
कार्यक्रमका विशिष्ट अथिति जिल्ला समन्मय समिति सदस्य कमल प्रसाद घिमिरे, वडाध्यक्ष गुनाखर अधिकारि पाणिनी गाउँपालिका शिक्षा शाखा प्रमुख तेज बहादुर खनाल लगायतले शैक्षिीक सफलताका लागि विद्यालयको महत्वपुर्ण योगदान रहेको भन्दै अरु सफलताको शुभकामना दिनुभएको छ ।

कार्यक्रमको झलक

यस्तै कार्यक्रममा ७ न. वडा कार्यलयका सचिव कमल प्रसाद न्यौपाने, जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासे, शिवमदन माध्यमिक विद्यालयका शिक्षक सिता बन्जाडे, कमला मा. बि. का शिक्षक मीन बहादुर थापा, अबिभावकको तर्फबाट सुशील खनाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा वडा सदस्यहरु प्रेम बहादुर थापा, कल्पना वि.क., बिन्दु घर्ति , इलाका प्रहरी चौकी पालिका असइ एल. बि. सेन्चुरी लगायत स्थानिय सँघ संस्थाका प्रतिनिधि, राजनैतिक दल, अभिभावक, सरोकारवाला तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिधालयका प्रधानाध्यापक माधव भुसालले बिधालयको वार्सिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रम शिक्षक इन्दिरा थापाको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार