२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

नेपाल रेडक्रस सोसाईटि वाङ्गला उपशाखाको साधारण सभा सम्पन्न, अध्यक्षमा कृष्ण बहादुर अधिकारी

न्युज सम्वाददाता / अर्घाखाँची ।
नेपाल रेडक्रस सोसाईटि वाङ्गला उपशाखाको साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा आगामी २ बर्षको लागि निर्विरोध रुपमा कृष्ण बहादुर अधिकारीको सभापतित्वमा ११ सदस्य रहेको कार्यसमति गठन गरिएको छ । जसमा उपसभापति राधा भण्डारी, सचिव नेत्र प्रसाद खनाल, कोषध्यक्ष दिपक अधिकारी, सह–सचिव सुरेन्द्र अधिकारी, सह–कोषाध्यक्ष शोभाखर अधिकारी, सदस्यहरु राम प्रसाद भट्टराई, तुल्सिराम पौडेल, गिता भुसाल, शारदा बन्जाडे र रमेश बस्नेत रहनुभएको छ ।
कार्यक्रम वाङ्गला उपशाखाका सभापति नम बहादुर सिंह रानाभाटको अध्यक्षतामा सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा अर्घाखाँचीका उप सभापति एंव लुम्बिनि प्रदेश सदस्य कैलाश श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा रेडक्रसका संस्थापक हेनरी ड्युनाको तस्विरमा माल्यार्पण गरि सुुभारम्भ गरियो । प्रमुख अतिथि कैलाश श्रेष्ठ, बिशिष्ट अतिथि वडा नं. ५ का वडा अध्यक्ष ऋषब अधिकारी, पुर्व जिल्ला समन्वय प्रमुख पिताम्बर भुसालले समाजमा रेडक्रसको भुमिकाका विषयमा आफ्ना कुराहरु राख्नुभयो ।
कार्यक्रम वाङ्गला उपशाखाका सचिव नेत्र प्रसाद खनालको सञ्चालन र वाङ्गला उपशाखाका उप सभापति कृष्ण बहादुर अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको थियो । कार्यक्रममा जिल्ला शाखा अर्घाखाँचीका सदस्य नवराज रायमाझि समाजसेवी मुक्तिराम भण्डारी, जनार्दन खनाल, डिलाराम बन्जाडे, गंगाराम खनाल, राम प्रसाद बन्जाडे, शिव प्रसाद भुसाल लगाएत वाङ्गला उपशाखाका पदाधिकारीहरु, आजिवन सदस्य, साधारण सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रममा सभापतिको प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार