१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

६८ वर्षमाथिका बुबाआमालाई लिएर वडा अध्यक्ष पुगे रिडीधाममा

माधव बेल्वासे / अर्घाखाँची
जनता खुशि बनाउन कुनै ठुलो काम भन्दा पनि नयाँँ तरिकाको सोच मात्र ल्याउन सके पनि सम्भव छ । आज विकासका नाममा अरवौ बजेट खर्च भैरहदा प्रतक्ष्य जनतालाइ प्रभाव पार्ने काम नभभएको गुनासो सबत्र सुन्न पाईन्छ । कुनै पनि स्थानिय तहका नेतृत्वहरु यो कुरा मान्न तयार नभएपनि अधिकांश माथि लाग्ने गरेको सत्य आरोप पनि यहिँ हो कि विकास दोजरमा केन्द्रित छ ।
यसैविच पाणिनी गाउँपालिका वडा न. ६ धातिवाङले एउटा नमुना कामको थालनी गरेको छ । जेष्ठ नागरिकहरुलाई सम्मान गर्न दोसल्ला र खादाको गरेन । उनिहरुको चाहाना र खुशि खादामा होईन अन्तै छकि भनेर नयाँ सोचको प्रारम्भ पनि गरेको छ ।
६८ वर्ष नाघेका सम्पुर्ण इच्छुक वडा भित्रका नागरिकहरुलाई १ दिने तिर्थ यात्रा गराएर वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई खुशि मात्र गराएन वाइ वाई पनि बटुले को छ । सानो रकमबाट पनि धेरैको खुशि एकै ठाउँमा प्राप्त गर्न सकिने कुराको उदाहरण पेश गरेको छ ।
वडाध्यक्ष कृष्ण प्रसाद पौडेल भन्नुहुन्छ “सम्मान गर्ने अनेक तरिका हुनसक्छन हामिले यो तरिका अपनायौ धेरै जना खुशि हुनुहुन्छ । हामिले गरेको वाचा पुरा गर्ने कार्यको थालनी गरेका छौँ । हरेक वर्ष फरक फरक स्थानमा तिर्थयात्रा गराउने योजना छ कार्यान्वयनको थालनी गरेका र्छौ । उहाँ थप्नुहुन्छ सम्भवत यो धेरैका लागि नयाँ हुन सक्छ वडा कार्यालयकै पहल र योजनामा वडा भरिका जेष्ठ नागरिक एकै पटक तिर्थ यात्रामा जान पाउने । यसका लागि कुशल ब्यावस्थापन र सहयोगका लागि वडा परिवार र स्थानियलाई धन्यवाद पनि दिन चाहान्छु ।”

उमेरले ६८ काटेका बुवाआमा हरु आफैले जिताएका जनप्रतिनिधि सँग धार्मिक यात्रामा जान पाउँदा खुशिले गदगद भएका छन् । स्वास्थ्य चौकि धातिवाङका प्रमुख मित्रदेव पौडेलले नयाँ सोचले जनतालाई प्रतक्ष्य छुन सकिने भन्दै वडा कार्यालयलाई पवित्र कार्यका लागि धन्यवाद दिनु भएको छ ।
वडाध्यक्ष पौडेल आफै जेष्ड नागरिकको संरक्षक बनेर रिडिधाममा दर्शन गराउनुभएको हो । उहाँ सँगै वडा सदस्यहरु खगिश्वर पौडेल, हरि प्रसाद पौडेल वडा कार्यालयका सचिव गिता वाग्ले, कर्मचारि इन्द्रमणि पौडेल , पशु प्राविधिक किरण रायमाझि सहित करिव ६० जना भन्दा धेरै जेष्ठ नागरिकले आज गुल्मी, पाल्पाा र स्याङ जाकको संगम स्थद रिडि क्षेत्रको धार्मिक यात्रा गर्नुभउको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार