२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

पाणिनिको भानु माविमा पृथक शैलीमा विद्यालय सुधारको प्रयास

डिआरजी सुमन
मैदान,शुक्रवार , १३ माघ २०७९ । अर्घाखाँची ।
“हो मलाई राम्रोसँग थाहा छ तर त्यो मेरो पार्टी वाँ साथी होईन म उसलाई मान्दैन वरु इतिहासनै नष्ट गर्छु तर म उसलाई स्वीकार गर्दैन“ भन्ने सिद्धान्तलाई चरितार्थ गर्दै मैदानका दुई विद्यालयले अर्ध शताब्दीसम्म वार्षिकोत्सव ओझेल पार्न सफल भएका छन । पौराणिक वाँ परम्परागत दृष्टिकोणले विद्यालयलाई सरस्वतीको मन्दिरको रुपमा मान्यतादिएर विद्यालय व्यावस्थापन समितिले संरक्षण गर्दै आएको पाईन्छ ।कुनैपनि संस्थाको स्थापना मिति र संस्थापक पदाधिकारी सार्वजनिक हुने गर्दछन तर यहाँ कतै यस्तो पनि भएको उदाहरण सार्वजनिक भएका छन जहाँ विद्यालय स्थापना भएको अर्ध शताब्दीपुग्दा पनि स्थापना मिति र संस्थापकको टुंगो नलाग्दा वार्षिकोत्सव नै मनाउन सकिएको अवस्था छैन तर संस्थापक र स्थापना मितीराजनीतिक पुर्वग्रहले ओझेल पारेको छ ।अर्घाखाँचीको पाणिनि गाँउ पालिका वडा नं ५ मैदान (साविक मैदान गाविस वडा नं ५ अमिलेखोला, स्थित भानु माध्यमिक विद्यालयको संस्थापक र स्थापना मिति समेत स्पष्ट नभएको विषयले सार्वजनिक सभाको रुप लिएको छ । पाणिनि गाँउ पालिका वडा नं ५,स्थितभानु माध्यमिक विद्यालयले शुक्रवार विद्यालय सुधार योजना लगायतका कार्यक्रम आयोजना गरी लुम्बिनी प्रदेश सांसद रामजी प्रसादघिमिरेलाई प्रमुख अथिती,अर्घाखाँची जिल्ला समन्वय समिति प्रमुख जीव नारायण कोईराला,पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेलाई विशिष्ट अतिथि तथा पाणिनि गाँउ पालिका वडा नं ५ का अध्यक्ष ईन्द्रमणि घिमिरे,स्थानीय राजनीतिक नेतृत्वकर्ता (पुर्वप्रधानपन्च वेदराज घिमिरे,पुर्व मैदान गाविस अध्यक्ष शालिकराम घिमिरे,पुर्व मैदान गाविस उपाध्यक्ष रामप्रसाद घिमिरे, लगायतलाई अथिती आशनग्रहरण गराएर विद्यालयका प्रधानाध्यापक जीवलाल पोखरेलले एक फरक शैलीमा जनतासामु नेताहरुसँग विद्यालयको स्थापना मिती र संस्थापकको आधिकारिकता वारे सार्वजनिक जवाब माँग गरेका छन ।सामान्यतः औपचारिक कार्यक्रम दीप प्रज्वलन ,रिवन काट्ने वा व्यानर अनावरण लगायतका गतिविधिवाट उद्घाटन समारोह हुने गरेको भएता पनि यस विद्यालयमा भने फ़रक शैलीवाट उद्घाटन समारोह सम्पन्न भएको छ ।

पाणिनि गाँउ पालिका वडा नं ५ स्थित भानुमाध्यमिक विद्यालयको कक्षा एक मा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गरि लुम्बिनी प्रदेश सांसद रामजी प्रसादघिमिरेले कार्यक्रमको फरक सैलिमा उद्घाटन गरेका छन । पाणिनि गाँउ पालिका वडा नं ५ मा रहेका महत्वपूर्ण विद्यालय मध्येका दुईविद्यालयहरु श्री कृष्ण माध्यमिक विद्यालयको स्थापना वर्ष २०११ भएता पनि महिना र दिन सहित संस्थापकको आधिकारिकता स्पष्टनभएको कारण स्थापना दिवस मनाउन संभव भएको छैन भने यता मैदान कै अमिलेखालामा रहेको भानु माध्यमिक विद्यालय को स्थापना मिती र संस्थापक नै अन्यौल छन ।मुख्यतः पुर्व प्रधानपन्च वेदराज घिमिरेको एक पक्षले एकथरी विषयलाई पुस्टी गर्न खोजेको छ भने अर्कोंतर्फ राम प्रसाद घिमिरे सहितको समूहले फरक विषयलाई पुष्टि गर्न खोज्दा दुवै विद्यालयको संस्थापक र स्थापना मितिले नै आधिकारिकता नपाउदा दुवै विद्यालयको वार्षिकोत्सव मनाउने देखी अन्य महत्वपूर्ण कार्यक्रम रोकिएको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार