२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

नेपाल रेडक्रस सोसाइटी अड्गुरी उपशाखाको बार्षिक साधारण सभा तथा पाचौं अधिवेशन

माधव बेल्बासे / प्रकाश प्युठानि
नेपाल रेडक्रस सोसाइटी अड्गुरी उपशाखा,अर्घाखाँचीको बार्षिक साधारण सभा तथा पाचौं अधिवेशन आज अड्गुरिको भञ्ज्याङमा सप्पन्न भएको छ ।
उपशाखा सभापति शालिकराम बेल्वासेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने प्रमुख अथिती रहनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य कमल प्रसाद घिमिरे, पाणिनी गाउँपालिका वडा न. ७ अर्घाखाँचीका अध्यक्ष गुनाखर अधिकारी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीका उपसभापति कैलाश श्रेष्ठ, कोषाध्यक्ष तुल्सी पौडेल, निर्वाचन अधिकृत नमराज रायमाझी लगायतको बिशिस्ट आथित्यता ग्रहण गर्दै शुभकामना ब्याक्त गर्नुभएको थियो ।
उद्घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दै पाणिनी गाउँपालिका अध्यक्ष न्यौपानेले आपत बिपत सुचाना सहित न आउने भन्दै सहयोग र सहयोगी भावनाको जागृत गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
सामाजिक सेवा गर्न पाउनु मानिसको सौभाग्य भएको भन्दै अबको युबा पुस्तालाइ मानवीय सेवामा प्रेरित गर्नु आवश्यक रहेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै रेडक्रस जस्तो पवित्र सस्थामा लाग्न र सेवाको भावना जागृत गर्नुपर्नेमा बक्ताहरुले जोड दिएका छन । बक्ताहरुले अहिलेको समाजमा हत्या, हिम्सा, लगायतका घटनाहरु बढेको प्रती चिन्ता ब्याक्त गर्दै म सेवा गर्छु भन्ने भावनाका साथ अगाडि बड्नुपर्ने र शान्तिपुर्ण समाज निर्माणमा हातेमालो गर्नुपर्ने उल्लेख गरेका छन ।
कार्यक्रममा सभापति शालिकराम बेल्वासेले सस्थाको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष मोहन टन्डनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सचिव नेत्र कुवरले संचालन गर्नुभएको कार्यक्रममा वडा सदस्यहरु प्रेम थापा, कल्पना बि.क., बिन्दु घर्ती, इलाका प्रहरी चौकी पालिका प्रमुख एल. बि. सेन्चुरी, रेड्क्रसका आजिवन, ५ बर्षे तथा साधारण सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनले आजै नयाँ कार्यसमिति चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार