प्रकाश प्युठानी / अडगुरि
यहि माघ ३ गते निधन भएका मित्रबहादुर परियारको परिवारलाइ पाणिनी गाउँपालिका वडा न. ७ का जनप्रतिनिधिहरु र वडा सचिवले संयुक्त रुपमा आर्थिक सहयोग गर्नुभएको छ ।
घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको, छोराहरु नभएको र छोरीहरुको बिबाह भै सकेको अवस्थामा १३ औ दिनको पुन्यतिथीको दिन उक्त रकम पिडितको घरमै पुगेर सहयोग गर्नुभएको हो ।
परियार परिबारलाइ काज क्रिया गर्न समेत समस्या भएको देखिएपछी वडा न ७ का वडा अध्यक्ष गुनाखर अधिकारी, वडा सदस्य प्रेम थापा, बिन्दु घर्ती, कल्पना बि. क. र वडा सचिव कमल प्रसाद न्यौपानेले एकमुष्ट ७ हजार निजको श्रीमतीलाई घरमै पुगि हस्तान्तरण गर्नुभएको हो ।
आर्थिक अवस्था कमजोर भएको परिवारलाई वडासमिती अड्गुरिको आर्थिक सहयोग
तपाईको प्रतिक्रिया

