१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

पाल्पामा भएका दुई दुर्घटनामा ,दुई युवकको मृत्यु

पाल्पा ।
पाल्पामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई युवकको मृत्यु भएको छ ।
पाल्पाको रामपुर नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जना र भुतखोलामा डुबेर अर्का एक युवक गरी दुईजनाको ज्यान गएको हो ।

आइतबार बेलुकी रामपुर नगरपालिका–५, कान्जीहाउस नजिकै पक्की सडकमा लु १८ प ४९७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामपुर नरपालिका–२, गाडाकोटका २१ वर्षीय प्रदीप नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनाग्रस्त मोटरसाइकल सडकदेखि ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यस्तै पाल्पाकै तिनाउ गाउँपालिका–३, भूतखोलामा खसेर २३ वर्षका अजिम पठानको मृत्यु भएको छ ।
साथी संगै घुम्न गएका युवा फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासी पाल्हिनन्दन गाउँपालिका–२, बस्ने अजिम पठान रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार