१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

अर्घाखाँची : करेन्ट लागेर एक युबाको मृत्यु

अर्घाखाँची ।
जिल्लाको भुमिकास्थानमा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर–९, ढिकुरामा करेन्ट लागेर सन्धिखर्क–७, डिहिडाँडाका १९ वर्षिय रोशन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण घिमिरेले जानकारी दिनुभएको छ ।

करेन्ट लागि गम्भीर घाइते भएका शाहलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । ढिकुराको भुजेलपानीमा विद्युत मर्मत गर्ने क्रममा विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रमा केहि वर्षदेखि काम गर्दै आएका शाहको एक्कासी करेन्ट लाग्दा ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार