२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

१३ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा

कपिलवस्तु ।
१३ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले उक्त जानकारी दिएको हो ।

महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।

‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मूल नाराका साथ मंगलबार देखि माघ २९ गतेसम्म बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा महोत्सव सन्चालन हुँदै छ ।

१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीलाई नयाँपन दिने गरी काम भइरहेको महोत्सवका संयोजक समेत रहनुभएका घिमिरेले बताउनुभयो । महोत्सवलाई उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने संयोजक घिमिरेले जानकारी दिनुभयो ।

उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले विगतका महोत्सवहरुबाट पाठ सिक्दै यस महोत्सवलाई ऐतिहासिक बनाउने गरी काम भइरहेको बताउनुभयो । १३ औं कपिलवस्तु महोत्सवलाई जिल्लाकै उत्सवका रुपमा स्थापित गर्ने गरी तयारी गरिएको उहाँले बताउनुभयो ।

संघले महोत्सव सन्चालनका लागि विभिन्न समिति, उपसमिति गठन गरेर अगाडी बढेको छ । महोत्सवमा डेढ लाख दर्शक भित्राउँदै करिब ६ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार