२ असार २०८१, आइतवार
२ असार २०८१, आइतवार

बुटवल बुद्धनगरदेखि नहरपुर जोड्ने सडक निर्माणको काम सुरु

बुटवल ।
बुटवलको बुद्धनगरदेखि नहरपुर जोड्ने सडक निर्माणको काम सुरु भएको छ ।
बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुङ्गे पुलसम्मको सडक विस्तार तथा कालोपत्रे गर्ने कामको सोमबार शिलान्यास भएको हो ।

बुद्धनगरमा एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले सडकको शिलान्यास गरेका छन् ।
सडकको शिलान्यास गर्दै प्रमुख पाण्डेयले बुद्धनगरदेखि नहरपुरसम्मको सडक विस्तारका क्रममा स्थानीयलाई साथमा लिएर काम अघि बढाउने बताएका छन् । पाण्डेयले स्थानीयलाई लाभ हुने र पूर्वपश्चिम राजमार्गको तिनाउ पुल निर्माणको काम सुरु भएपछि वैकल्पिक सडकका रूपमा प्रयोग हुने गरी सडक विस्तार गर्न लागिएको बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले समयमै काम सम्पन्न गर्न स्थानीयले साथ दिनुपर्ने र नियमित रूपमा अनुगमन गर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवल उपमहानगरपालिकाका भित्री सडकहरुको स्तरोन्नति र निर्माणको काम सुरु भएको र यसले निरन्तरता पाउने बताए ।

२ करोड ६० लाख ६५ हजार लागतमा ठेक्का सम्झौता भएको सडक आगामी जेठ १५ भित्र सम्पन्न गर्ने गरी थापा दास जेभी बुटवलले ठेक्का पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार