१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

लुम्बिनीका मुख्यमन्त्री गिरीले सचिवालय गरे विस्तार

बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आफ्नो सचिवालय विस्तार गरेका छन् । उनले स्वकीय सचिव, प्रेस संयोजक सहित पाँच जनालाई सचिवालयमा नियुक्त गरेका हुन् ।

गिरीले दाङका टीका बस्नेतलाई प्रेस संयोजक नियुक्त गरेका छन् । उनी प्रेस चौतारीका केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज हुन् ।

यसैगरी सचिवालयमा रुपन्देही निवासी अमृत गिरी र दाङ निवासी पुष्पराज अधिकारी नियुक्त भएका छन् ।

यस्तै कम्प्युटर अपरेटरमा दाङका विपीन केसी नियुक्त भएका छन् । यसअघि गिरीले स्वकीय सचिवमा कृष्ण कुमाललाई नियुक्त गरेका थिए ।

उनले मुख्यमन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सेवासुविधासम्बन्धी ऐन २०७५ को दफा १० बमोजिम सचिवालय विस्तार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार