२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

अर्घाखाँची : प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

कमला परियार / अर्घाखाँची
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरि मनाईदै छ ।
दिवसका अवसरमा चौतारि जिल्ला शाखा अर्घाखाँचीले एक विशेष रचनात्मक कार्यक्रम गरेर मनाएको छ ।

No description available.चौतारि अर्घाखाँची शाखाले आज सन्धिखर्क नगरपालिका वडा नं १२ मा रहेको श्री जनप्रकाश आधारभुत विद्यालय धर्मपधेरामा अध्ययन गर्ने छात्र छात्राका लागी शैक्षिक सामग्री वितरण गरेर रचनात्मक सन्देश समेत प्रदान गरेको छ ।
May be an image of 7 people and people standingविद्यार्थीहरुलाई आवस्यक कपि, पेन्सिल, इरेजर, कटर, खाजा खाने टिफिन लगायतका शैक्षिक सामग्री बितरण गरेको आयोजकले जनाएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव बिधान रायमाझी, प्रेस चौतारी नेपाल प्रदेश अध्यक्ष शोभाखर पन्थी, प्रेस चौतारी जिल्ला इन्चार्ज हिम जिसी लेकाली, पत्रकार महासंघ अर्घाखाचीका अध्यक्ष अशोक खनाल,पत्रकार महासँघ लुम्विनी प्रदेश सदस्य प्रेम नारायण आचार्य, विद्यालयका प्रधानध्यापक राधा बस्याल, चौतारि अर्घाखाँची शाखाका अध्यक्ष बसन्त श्रेष्ठ लगायत प्रेस चौतारीका प्रदेश तथा जिल्ला सदस्यहरू, लगायत पेशागत संघ संगठनका प्रमुख एवं बिद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ ।May be an image of 7 people and people standingकार्यक्रममा शैक्षिक सामग्री वितरण गर्दै वत्ताहरुले वालवालीकाको शैक्षिक प्रगति तथा उज्ज्वल भबिष्यको कामना गर्दै दिवसले कलम जिबीहरूलाई श्रमजिबी बन्न प्रेरित गरोस भन्दै शुभकामना प्रदान गरेका थिए ।

May be an image of 4 people, people sitting, people standing and outdoors

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार