२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

नयाँ प्रतिभाको खोजिको निम्ति राष्ट्रपति रनिङ शिल्ड : मन्त्री आचार्य

शोभाखर पन्थी
अर्घाखाँची , फागुन – ०७

लुम्बिनी प्रदेश सरकारका खानेपानी ,ग्रामीण तथा शहरी बिकास मन्त्री चेतनारायण आचार्यले नयाँ प्रतिभाको खोजिको निम्ति राष्ट्रपति रनिङ शिल्ड महत्त्वपूर्ण रहेको बताउनु भएको छ । मुलुकको ग्रामीण क्षेत्रमा थुप्रै प्रतिभा लुकेर रहेको भन्दै उहाँले गाउँ गाउँ बाट खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । सन्धिखर्क नगरपालिका द्वारा आयोजित नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले मुलुकको चौतर्फी बिकासको निम्ति खेलकुदको बिकास अपरिहार्य रहेको बताउनुभयो ।

फरक प्रसंगमा मन्त्री आचार्यले शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको बताउनु भएको छ । उहाँले शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसकेको भन्दै अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना भएको भन्दै त्यसको अन्त्यको निम्ति लुम्बिनी प्रदेशमा प्राबिधिक विश्वविद्यालयको स्थापना गरिएको बताउनुभयो । उहाँले स्वच्छ र शुद्ध पिउनेपानी पाउनु जनताको नैसर्गिक अधिकार रहेको भन्दै अझै पनि लुम्बिनी प्रदेशका अधिकाम्स जनताले पानीको निम्ति ठुलो सास्ती व्यहोर्नुपरेको बताउनुभयो । आचार्यले ५ बर्ष भित्रमा लुम्बिनी प्रदेशको प्रत्येक परिवारको घरघरमा पानीको धारा पुर्याउने समेत बताउनुभयो ।
No description available.कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले सन्धिखर्क नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो ।उहाँले नयाँ प्रतिभाको खोजि गरी राष्ट्रिय खेलाडी निर्माण गरि देशको ईज्जत् राख्ने गरि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले सन्धिखर्कको चौतर्फी बिकासको निम्ति सबैपक्ष सँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य ,प्रमुख जिल्ला अधिकारी मीना अर्याल ,सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल ,जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख मनिराम पराजुली ,सन्धिखर्क नगरपालिका सामाजिक विकास समितिका संयोजक नारायण खड्का ,जनज्योति माध्यमिक बिद्यालय चुत्राबेसीका प्रधानाध्यापक माधव आचार्य ,जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख जनार्दन गैरे,पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै खेलकुद राज्यको प्राथमिकतामा नपरेको गुनासो गरे । उनिहरुले आर्थिक अभावका कारण सयौं प्रतिभा बाहिर आउन नसकेको भन्दै खेलकुदको क्षेत्रमा लगानी बढाउन राज्यको ध्यानाकर्षण समेत गराए ।

No description available.

सन्धिखर्क नगरपालिकाका नगर शिक्षा अधिकारी मञ्जु आचार्यको संचालनमा सम्पन्न प्रतियोगितामा नगरपालिका भित्र रहेका सबै माध्यमिक बिद्यालयका खेलाडी छात्र(छात्राहरुले भाग लिएका छन् । खेलकुद ३ दिन सम्म चल्ने नगर शिक्षा अधिकारी आचार्यको भनाई छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार