२ असार २०८१, आइतवार
२ असार २०८१, आइतवार

सवारी दुर्घटनामा परि पत्रकार मनोज हितंगाको मृत्यु

गएराती बुटवलमा भएको सवारी दुर्घटनामा परि पत्रकार मनोज हितंगाको मृत्यु भएको छ।

बुटवलको मिलनचोकमा मोटरसाइकललाई यात्रुबहाक बसले ठक्कर दिएको थियो।

लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार रहेका ३६ वर्षीय हितंगाको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ०७-०२-००१ नम्बरको बसले गए राति करिब सवा ११ बजे बुटवल बसपार्क नजिकै मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका हितंगालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो।

उनलाई केहीबेरमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

उनी लामो समय टेलिभिजनमा क्यामेरा पर्सनका रूपमा कार्यरत रहेका थिए। पछिल्लो समय उनी एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा रहेर संवाददाताका रूपमा कार्यरत थिए।

उनी पाल्पास्थित तानसेन नगरपालिकाका स्थायी बासिन्दा थिए। विगत १५ वर्षदेखि उनी बुटवलस्थित बुद्धनगरमा बस्दै आएका
थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार