बिष्णु खनाल / अर्घाखाँची।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाँचौ जिल्ला सम्मेलन बैशाखमा हुने भएको छ ।
सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै मिति २०८० बैशाख ८ र ९ गते गणतन्त्र र राष्ट्रियताको रक्षा संघियता खारेजिको हाम्रो आन्दोलन, वातावरणिय सन्तुलन सगै सम्मुनत अर्घाखाँचीको लागि ५ औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सम्मेलन गर्ने तयारी गरेको जनमोर्चा अर्घाखाँचीले जानकारी दियो ।
पत्रकार सम्मेलन कार्यक्रम गोपाल पौडेलको अध्यक्षता, केन्द्रिय सदस्य सागर केसि, झबिलाल थापा, यमलाल पोख्रेल, प्रदेश सदस्य शेर बहादुर केसि, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपती ढकाल, पत्रकार महासङ्ग जिल्ला अध्यक्ष अशोक खनाल लगायत सन्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।
पार्टीका जिल्ला अध्यक्ष थम्मन केसिले सम्मेलनका विषयमा प्रष्ट्याउनु भएको थियो । जनमोर्चाले सम्मेलनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न समिती समेत निर्माण गरेको छ । थम्मन केसिको संयोजकत्वमा मुल व्यवस्थापन समिती, थम्मन केसिकै संयोजकत्वमा ११५ सदस्यिय सम्मेलन तयारी समिती, बाबुराम सुनारको संयोजकत्वमा १५५ सदस्यिय प्रचारप्रसार समितीको निर्माण गरेको छ । साथै फागुन १८ गतेसम्ममा पालिका बैठक, फागुन मसान्तसम्म वार्ड बैठक, चैत्र १२ गतेसम्म सम्पुर्ण पालिका, वार्ड भेला/सम्मेलन सम्पन्न गर्ने जिल्ला अध्यक्ष थम्मन केसिले जानकारी दिनुभयो ।