१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

बुटवल नगरवासीले रुपन्देहीका कुनैपनि अस्पतालमा रगत निःशुल्क पाउने

बुटवल ।
बुटवल उपमहानगरपालिकाका भित्रका स्थानीयले रगत निःशुल्करुपमा पाउने भएका छन् ।

उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग बिहीबार सम्झौता गरी नगरवासीलाई निःशुल्क रगतको व्यवस्था गरेको हो ।

नगरप्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले उक्त सम्झौतामा हस्ताक्षर गर्दै बुटवल नगरवासीलाई रगत निःशुल्क उपलब्ध गराउने बताए ।

सम्झौतामा रगत उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरू सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने समझदारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताए ।

अब बुटवल नगरवासीले रुपन्देहीका कुनैपनि अस्पतालमा रगत निःशुल्क पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार