११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

नेपाल विद्यार्थी संघ रुपन्देहीमा समानान्तर कमिटी

बुटवल ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीको समानान्तर कमिटी गठन भएको छ ।

नेविसंघ रुपन्देहीको सभापतिमा सन्दिप पाण्डेलाई नियुक्त गरेपछि बिहीबार जिल्लामा समानान्तर कमिटी गठन गरिएको हो ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाण्डेलाई जिल्ला सभापतिको जिम्मेवारी दिएपछि संस्थापन इतर समूहले समसेर खड्काको नेतृत्वमा ३० सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको सदस्यमा मनिस फाल, विष्णु खनाल, कृष्ण खनाल,कमल पराजुली, दिपक अर्याल, सागर अधिकारी, ऋषि पन्थी, सिमन कण्डेल, रोहित रेग्मी, रामापति यादव, सन्दीप यादव,अनिल परियार,सम्झना पङेनी, प्रेमराज परियार,सागर घिमिरे,सुमन गुरुङ,सौरभ श्रेष्ठ,राजन थापा,विधान खाती,नीरज श्रेष्ठलगायत रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार