बिनोद पौडेल / अर्घाखाँची
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अर्घाखाँचीको आज शनिवार बसेको तेस्रो पुर्ण बैठकमा अनेरास्ववियुको २३ औं महाधिवेशन प्रतिनिधिको टुंगो लगायको छ । जसमा जिल्ला कमिटी अध्यक्ष नारायण भुसाल सहित १२ प्रतिनिधि छनोट गरेको हो । छनोट भएका प्रतिनिधिहरुमध्ये पाणिनी गाउँपालिकाबाट २ जना परेका छन् ।
कार्यक्रम जिल्ला कमिटी अध्यक्ष नारायण भुसालको अध्यक्षता केन्द्रिय कमिटी सचिबालय सदस्य तथा विद्यार्थी इन्चार्ज प्रदिप नेपालिको प्रमुख आतिथ्यता केन्द्रीय कमिटी सदस्य नबिन केसिको आतिथ्यता एवं सचिब बिस्नु चौहानको संचालनमा सम्पन्न भएको थियो ।
पाणिनिका दुइ सहित अनेरास्ववियु अर्घाखाँचीले टुङ्गायो १२ प्रतिनिधि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया

