१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

मनकामना वचत तथा ऋण सहकारी संस्थाको नवौँ साधारण सभा सम्पन्न

वहुउद्देश्य सहकारी संस्था वनाउने निर्णय पारित

डिआरजी सुमन
मैदान, शनिवार २१ माघ २०७९ अर्घाखाँची ।

पाणिनि गाँउ पालिका वडा नं ५ मैदानमा संचालित मनकामना बचत तथा ऋण सहकारी संस्था लि. को नवौँ साधारण सभा मनकामना मन्दिर परिसरमा शनिवार सम्पन्न भएको छ ।

मैदानमा शनिवार सम्पन्न सहकारीको नवौ साधारण सभामा अध्यक्षको प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष राम प्रसाद घिमिरेले सहकारीको मेरुदण्डको रुपमा रहेको लेखा ब्यबस्थापान, आर्थिक पारदर्शिता, कार्यालय ब्यबस्थापन, वितिय सुशासन, वितिय परिचालन, लगायतका आर्थिक क्रियाकलापहरुलाई सन्तुलित एवं चुस्त दुरुस्त रहेकोमा पुर्ण बिश्वस्त भएको वताउनु भएको छ ।

नवौँ साधारणसभामाले आ.ब.२०७७/२०७८ को लेखापरिक्षण प्रतिबेदन, ब्याज दर कर्मचारी खर्च लगायत कोषाध्यक्षको आर्थिक प्रतिबेदन सर्वसम्मत पास गरेको छ ।

मैदानको मनकामना मन्दिर परिसरमा सम्पन्न नवौँ साधारण सभामा कोषाध्यक्ष विष्णु प्रसाद घिमिरेले कोषाध्यक्षको प्रतिवेदन पेस गर्नु भएको थियो । पाणिनि गाँउ पालिका वडा नं ५ मा रहेको मनकामना वचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई मैदानमा सम्पन्न नवौँ साधारण सभाले वहुउद्देशिय सहकारीमा लैजाने निर्णय सर्वसम्मत पारित गरेको छ । अर्घाखाँची जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोईरालाको प्रमुख आथित्यता,अर्घाखाँची जिल्ला भूमि आयोग प्रमुख यादव घिमिरेको विशिष्ट आथित्यता र स्थानीय सरकारी तथा ग़ैरसरकारी संस्था का प्रतिनिधिको आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन नारायण गैरेले गर्नु भएको थियो ।

पाणिनि गाँउ पालिका वडा नं ५ मैदानको समग्र क्षेत्रमा आफ्नो संजाल गरेको यस सहकारीको दशौँ साधारण सभामा संस्थाकै कार्यालयमा कार्यक्रम गर्न पहल गर्ने प्रमुख अथिती कोईरालाले आश्वासन दिनु भएको छ । मनकामना मन्दिर परिसरमा सम्पन्न नवौँ साधारण सभामा मैदानको भर्तापुर देखी वाँसका रुख सम्म वाट शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार