४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

कुटपीट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

दाङ ।
दाङमा कुटपीट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पा लुङग्री गाउँपालिका– ६ गुम्चालका ४९ वर्षका कृतिमान बुढाथोकी रहेका प्रहरीले जनाएको छ ।

माघ २१ गते शनिबार ४४ वर्षकी श्रीमती गोबिना बुढाथोकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

डीएसपी गौतमका अनुसार सुरुमा उनले श्रीमती मुटु दुखेर विरामी परेको र उपचारको लागि दाङ लैजादै गर्दा बाटोमै मृत्यु भएको बताएका थिए ।

तर घटनाको अनुसन्धान गर्दै जाँदा हत्या भएका खुलेको थियो । पछि प्रहरीले पक्रउ गरेर सोधपुछ गरेपछि उनले माघ २१ गते राति नै दाङ घोराही उपहानगरपालिका–१९ स्थित दुईखोली खोलामा कुटपीट गरी श्रीमतीको हत्या गरेको स्वीकारेका गौतमले बताए ।

जिल्ला अदालत दाङबाट म्याद थप गरी कारवाहीका लागि पक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार