डिआरजी सुमन / सन्धिखर्क अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा संचालित पाँचौ अर्घाखाँची महोत्सवमा उपलव्ध गराईएको छ ।
स्टार नेपाल टिकटक टिमवाट सरस्वती पाण्डे,अर्घाखाँची जिल्ला समन्वय समिति सदस्य कमल प्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्ष उद्योग वाणिज्य संघ रामप्रसाद भुसाल, अर्घाखाँची च्यामवर अफ कमर्सका कोषाध्यक्ष राम कुमार श्रेष्ठ,चर्चित गायिका तथा पत्रकार सोभा त्रिपाठी, अर्घाखाँची महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक संतोष वस्नेत, पत्रकार केशवपन्थी ,मार्फ़त सन्धिखर्क नगरपालिका वडा नं ४ वाङला निवासी एक वर्षीय आविष्कार परियारलाईक्यानसर भएपछि सर्वत्र सहयोग अपील गर्दै भौतारिन वाध्य पीड़ित वालकको हजुर आमा राम प्यारी दमै र आमासंगीत परियार लाई स्टर नेपाल टिकटक सहयोग टिम द्वारा संकलित नगद रु पैंतीस हज़ार हस्तान्तरण गरिएको छ ।
वैदेशिक रोज़गारकै सिलसिलामा मलेशिया पुगेका पाणिनि गाँउ पालिका वडा नं ७ झन्द्रेक स्थित समाजसेवी युवा हरि पाण्डेको सामाजिक अभियानलाई साथ दिदै देश विदेशमा रहेर टिकटक चलाउने समूह को नाम स्टर नेपाल टिकटक सहयोगी टिम वनाउदै देशविदेशमा धेरै सामाजिक सेवा भईरहेको छ । कार्यक्रमको सहजिकरण पत्रकार डिआजि सुमनले गनुभएको थियो । सहयोग रकम संकलनमा पाण्डे सँगै अभियानमा जोडिनुभएका बिरहि प्रेम सहित नेपाल लगायत विभिन्न मुलुकमा रहनुभएका टिकटकप्रेमिहरुको साझेदारि रहेको थियो ।