३ जेष्ठ २०८२, शनिबार
३ जेष्ठ २०८२, शनिबार

अर्घाखाँची : भालुको आक्रमणबाट २ जना घाइते

अर्घाखाँची ।
अर्घाखाँचीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार शितगंगा नगरपालिका ७ का ५९ वर्षीय चोपबहादुर गाहा र ५० वर्षीय लालबहादुर राना घाइते हुनुभएको छ ।

खेतमा बस्तुभाउ चराउँदै गर्दा गाहा र रानालाई शुक्रबार दिउँसो भालुले आक्रमण गरेको थियो । घाइते दुवै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको बताईएको छ । आक्रमण पछि स्थानीयले होहल्ला गर्दा भालु भागे पनि भालुको एउटा बच्चालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार