अर्घाखाँची : भालुको आक्रमणबाट २ जना घाइते

अर्घाखाँची ।
अर्घाखाँचीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार शितगंगा नगरपालिका ७ का ५९ वर्षीय चोपबहादुर गाहा र ५० वर्षीय लालबहादुर राना घाइते हुनुभएको छ ।

खेतमा बस्तुभाउ चराउँदै गर्दा गाहा र रानालाई शुक्रबार दिउँसो भालुले आक्रमण गरेको थियो । घाइते दुवै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको बताईएको छ । आक्रमण पछि स्थानीयले होहल्ला गर्दा भालु भागे पनि भालुको एउटा बच्चालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार