४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

अनेम सँघ पाणिनीको अधिवेशन सम्पन्न, अध्यक्षमा शारदा नेपाली

माधव बेल्वासे / अर्घाखाँची
अखिल नेपाल महिला सँघ पाणिनी गाउँपालिका अर्घाखाँचीको तेस्रो अधिवेशन आज दुर्गाफाँट अर्घाखाँचीमा सम्पन्न भएको छ । अधिवेशनले शारदा नेपालीको अध्यक्षतामा ३५ सदस्यिय पालिका कमिटि सर्वसम्मत चयन गरेको छ ।
आज निर्वाचित पधाधिकारिहरुमा उपाध्यक्ष टोपकलि कब्दार सचिव रचना घिमिरे, सह सचिव झुमा परियार , कोषाध्यक्ष पम्फा बिक. र गोमा बेल्वासे लगायत सदस्य रहेका छन् ।
कार्यक्रम पाणिनी गाउँपालिका अर्घाखाँचीका निवर्तमान अनेम सँघ अध्यक्ष करुणा न्यौपानेको अध्यक्षता र अनेम सँघ केन्द्रिय कमिटि सचिवालय सदस्य बिजुला रायमाझिको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य कुटमदिन अलि बिशिष्ट अथिति रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति रायमाझिले महिलाहरुको हक हित र सम्वृद्धिका लागि महिलाहरुनै एकजुट हुनुको विकल्प नभएको बताउनुभएको छ । कार्यक्रममा अनेम सँघ केन्द्रिय कमिटि सचिवालय सदस्य विष्णु आचार्य, माया भुषाल, नेकपा एमाले पाणिनी गाउँपालिका कमिटि अध्यक्ष कमल प्रसादघिमिरे, सह ईन्चार्ज उमानाथ पौडेल, उपाध्यक्ष नर्मदा गौतम, सचिव गुनाखर अधिकारि लगायतका अथितिहरुले अविेशन सफलताको शुभकामना दिदै महिलाहरुलाई संगठित हुँदै परिवर्तनका संवाहक हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमका अन्य अथितिहरुमा अनेम सँघ प्रदेश कमिटि सचिवालय सदस्य सुनिता भट्राई,ज्ञानु अर्याल, जिल्ला कमिटि सदस्य दुर्गा घिमिरे,पार्वता बि.क.,कौशिला पोख्रेल, उषा कोईराला, पाणिनी गाउँपालिकाका विभिन्न वडाहरुका वडा कमिटि अध्यक्षहरु लगायतको आथित्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार