न्युज संवाददाता / अर्घाखाँची ।
नेकपा माओवादि केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको पाँचौ जिल्ला अधिवेशसन आज अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।
अधिवेशसनले युबराज भुसाललाई पुन अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । यस्तै उपाध्यक्ष रुद्रमणि खनाल ,सचिव वसन्त खडका ,सहसचिवमा गणेश बेल्बासे , कोषाध्यक्ष बिस्नु दर्जी लगायत रहनुभएककककको छ । अधिवेशनले छबिलाल चुदालीको अध्यक्षतामा सल्लाहकार समिति र सकुन्तला रायमाझीको अध्यक्षतामा महिला बिभाग सर्बसम्मत निर्वाचन गरेको छ ।