अर्घाखाँची ।
नेपाल सरकारले जनयुद्ध दिवसको अबसरमा फाल्गुण १ गते सोमबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सार्वजनिक विदा दिएसंगै देशभरका सम्पुर्ण शैक्षिक संस्था समेत बन्द हुने भए पनि अर्घाखाँचीमा संचालन भईरहेको आधारभुत तह उत्तिर्ण पुर्व अभ्यास परिक्षा र एस.इ.इ. पुर्व अभ्यास परिक्षा भने पुर्व निर्धारित मिति मै संचालन हुने भएको छ ।
जिल्लाका सामुदायिक बिद्यालयमा माघ २६ गते देखि संचालन भएको कक्षा ८ को आधारभुत तह उत्तिर्ण पुर्व अभ्यास र कक्षा १० को पुर्व अभ्यास परिक्षा निर्धारित समय तालिका अनुसार हुने शैक्षिक बिकास तथा अनुसन्धान परिषद अर्घाखाँचीले जनाएको छ ।