११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

नेपालगञ्जबाट नक्कली नोटसहित तीन जना पक्राउ

बाँके ।
नेपालगञ्जबाट पाँच लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरूलाई पक्राउ गरेको हो।

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपिण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले एक हजारका नक्कली नोट ५६९ थान बरामद गरेको छ।

रानाका साथबाट ४१८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाइको साथबाट १५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट बरामद गरिएको छ।

नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनैजनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार