न्युज संवाददाता / अर्घाखाँची
नरपानि सामुदायिक सिकाई केन्द्र सन्धिखर्क ६ भुवनडाँडा अर्घाखाँचीको वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । गोमा रायमाझि क्षेत्रीको अध्यक्षतामा मंगलवार गठित ब्यावस्थापन समितिको उपाध्यक्षमा लक्ष्मी महत्रा रहनुभएको छ । समितिका सदस्यहरुमा प्रधानाध्यापक टिकाराम शर्मा अधिकारि,धनकला गौतम , रुपा थापा , सरस्वति महत्रा , राधिका खत्री, बसन्ता अधिकारि, गिता बि.क., शारदा माझि र सदस्य सचिव संगिता के.सि. महत्रा रहनु भएको छ ।
संथाका अध्यक्ष सर्मिलाा रायमाझिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति वडाध्यक्ष श्रीधर महत्रा रहनुभएको थियो । कार्यक्रममा नरपानी स्वास्थ्य चौकि प्रमुख श्रवण पन्थि बिशिष्ट अथिति रहनुभएको थियो ।
यस्तै कार्यक्रममा सरस्वति पौडेल, रामकलाा थापा, माधव जि.सि. लगायत अथिति रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति महत्राले स्थानियहरुलाईलाई जागरुक बनाउदै आत्मनिर्भर बनाउन सिकाई केन्द्रले खेलेको भुमिकाको प्रशंसा गर्दै शशत्तिकरणका लागि थप योजना सहित क्रियासिल हुनुपर्ने ताउनुभएको थियो ।संस्थाले समुदायमा साक्षरता कार्यक्रम, बाख्रापालन, स्वीटर बुनाई तालिम, निरन्तर शिक्षा कार्यक्रम संचालन गर्दै आईरहेको छ । पाणिनी ७, ८ र सन्धिखर्कको वडा न. ६ कार्यक्षेत्र रहेको संस्थाले आर्थिक वर्ष २०७९ / ८० को आय २ लाख ९५ हजार ६ सय १७ रुपैया र ब्याय २ लाख ५० हजार भन्दा बढि भएको बताएको छ ।
नरपानि सामुदायिक सिकाई केन्द्रको वार्षिक साधारण सभा तथा चौथो अधिवेशन
तपाईको प्रतिक्रिया