११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

‘मेरी सानु’ गीतको म्युजिक भिडियो सार्वजनिक

बुटवल ।
बिश्वाश घिमिरे र मनिसा पौडेलको अभिनयमा रहेको ‘मेरी सानु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक तेव जिमको स्वरमा रहेको गीतको भिडियो पण्डित बा युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

बुटवलको रमणीय स्थलहरुमा छायाँकन गरिएको सो गीतमा चर्चित प्रतिभाहरुको जोडदार अभिनय हेर्न सकिन्छ ।

हाँस्य कलाकार तथा युवा निर्देशक शंकर घिमिरेको निर्देशन रहेको म्यूजिक भिडियोमा चर्चित कलाकार बिश्वाश घिमिरे र मनिसा पौडेलको अभिनय देख्न सकिन्छ ।

म्यूजिक भिडियोको कथा कलाकार विश्वास घिमिरे र निर्देशक शंकर घिमिरे रहेको छ । भिडियोको छायाँकन तेज जिमले गरेका छन् भने सम्पादन तथा कलर गर्नेकाम भने निर्देशक शंकर घिमिरेले गरेका हुन् ।

मेरी सानु वोलको गीत समय सान्र्दभिक प्रेम कथामा आधारीत रहेर निमार्ण गरिएको गीतका मोडल बिश्वाश घिमिरेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार