अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको केन्द्र दुर्गाफाटमा साङ्गितिक कार्यक्रममा सहभागी हुन चर्चित गया कुशल बेल्वासे आउने भएका छन ।
शिवरात्रीको अबसर पारेर फागुन ६ गते दिन चर्चित कलाकार कुशल बेल्वासे आफ्नो प्रस्तुति दिन दुर्गाफाट आउने कार्यक्रम संयोजक झबिन सुनामले जानकारी दिएका छन।
पाणिनी पर्यटन समाजले आयोजना गरेको छैठौँ पाणिनी दुर्वावेश्वर पर्यटन महोत्सवमा राष्ट्रिय ख्यातीप्राप्त कलाकार कुशल बेल्वासेको बेजोड प्रस्तुति साथै अन्य रास्टिय कलाकार आउने भएका छन। भर्खरै बजारमा चर्तित गित काचो बेलौतीकि गायिका मन्जु भटराई,गायक बिजय सुनाम,तिलक बेल्बासे,गायिका रुकमिणा बेल्बासे,गायक घनस्याम भट्टराई,उद्घोषक बिकाश भट्टराई साथमा स्थानिय डान्स झाकी भजन कृतज समेत हुने सुनामले जानकारी दिए।
अर्घाखाँचीको पटौटीमा जन्मिएका बेल्वासेले दर्जनौ चर्चित गित बजारमा ल्याएका छन् । हातैका पौजाले, चिनै मिलेन, सनिसार लगाएतका गित चर्चित भएका हुन । तेस्तै शितगङ्गा जुकेना जन्मिएकी भट्टराई लगायत थुप्रै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने पाणिनी पर्यटन संयोजक सुनामले बताए ।