माधव बेल्वासे/ अर्घाखाँची ।
महाशिवरात्रीको अवसरमा आज देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
यसै बिच अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका भित्रका सिवालयहरुमा बिहानै देखि भक्तजनको भिड लागेको छ ।
पाणिनिको दुर्गाफाटमा दुर्वाशेश्वर गुफा धातिवाङ्गको शिवालय मन्दिर, अड्गुरिको ढाक्रेवासमा रहेको शिवालय मन्दिर , झन्द्रेकको शिव मन्दिर लगायतका देवालयहरुमा भक्तजनको घुइँचो लागेको हो ।
अड्गुरी र झन्द्रेकको सिमामा रहेको साउबोट शिव मन्दिर देखि झन्द्रेकमा रहेको शिव मन्दिर सम्म स्थनिय जनकल्याण युवा क्लबले बृहत कलस यात्रा गरेको छ ।
कलश यात्रालाइ सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले धर्म भन्दा ठूलो संविधान अरु नभएको बताउनु भएको छ ।
उहाले धार्मिक स्थलहरुको संरक्षणमा सबैको चासो हुनुपर्नेमा समेत जोड दिनुभयो ।
कलस यात्रामा वडा न. ७ का वडा अध्यक्ष गुनाखर अधिकारी , वडा न. २ र ३ का सचिव गोबिन्द बि.क पाली प्रहरी चौकिका इन्चार्ज एल.बि. बि. क., भण्डारा सौजन्यकर्ता हेमराज घिमिरे, क्लवका सदस्यहरूलाई निशुल्क टिसर्ट प्रदान गर्नुभएका जनसेवा माबिका शिक्षक गोबिन्द पौडेल लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।
क्लवका उपाध्यक्ष प्रकाश प्युठानीको अध्यक्षता र सचीव केशव शुर्यबम्सीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।