शोभाखर पन्थी
फागुन -०६
लुम्बिनी प्रदेश सरकारका खानेपानी ग्रामीण तथा सहकारी विकास मन्त्री चेतनारायण आचार्यले समाज रुपान्तरण र चेतना अभिवृद्धिमा ब्राह्मा कुमारी ईश्वरीय विश्व बिद्यालयले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ ।
महा शिवरात्री पर्वको अबसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले विश्व विद्यालयले बिशुद्ध सेवा भावले काम गरेको वताउनु भयो ।
नेपाल कला र संस्कृतिको हिसाबले सम्मुनत रहेको भन्दै मन्त्री आचार्यले शिव रात्री पर्व नेपाल र नेपाली जनताको पहिचान भएको वताउनु भयो । सामाजिक विकृति र विसंगतिको अन्त्य गरि सुन्दर समाज निर्माणको दिशामा अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । उहाँले लुम्बिनी प्रदेश सरकार सबैको भावना बुझेर अगाडि बढ्ने भन्दै व्रम्हा कुमारी ईश्वरीय विश्व विद्यालयलाई हरेक तबरले सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।
व्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालयका प्रमुख ब्राह्मा कुमारी पुर्णिमाको अध्यक्षता , नन्दाराम भट्टराईको संचालन र शारदा भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मीना अर्याल ,जिल्ला शिक्षा समन्वय समितिका ईकाई प्रमुख मनिराम पराजुली लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।