पेसागत महासंघको अध्यक्षमा के.सी.

शोभाखर पन्थी
अर्घाखाँची / फागुन -०६

नयाँ नेतृत्वको चयन गर्दै पेशागत महासंघ नेपाल अर्घाखाँचीको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
अधिवेशनले ध्रुव के.सी.को अध्यक्षतामा १९ सदस्यीय जिल्ला समितिको सर्वसम्मत चयन गरेको छ । अध्यक्ष के.सी. नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष तथा भगवती माध्यमिक बिद्यालय कुर,शंखेटारीका प्रधानाध्यापक हुनुहुन्छ । महासंघको उपाध्यक्षमा प्रेमचन्द्र बि.क. र माया ज्ञवाली ,सचिवमा हेमनाथ मरासिनी ,सहसचिव विष्णुप्रसाद खनाल र कोषाध्यक्षमा सुदीप जि.सी.रहनुभएको छ ।

यसैगरी सदस्यमा देवका भुसाल ,रमेश भट्टराई ,पुष्कर मिश्र,जगत खनाल ,बोमबहादुर खत्री,सीता श्रेष्ठ ,सुनिल सम्राट खनाल ,नरेन्द्र पराजुली ,सुर्य बि.क.,भगवता भुसाल ,कमल श्रेष्ठ ,रामु खनाल र शिव खनाल रहनुभएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले पेसागत अधिकारको निम्ति एकता बद्ध भएर अगाडि बढ्न शिक्षक तथा कर्मचारीहरुलाई आग्रह गर्नु भयो । नेकपा एमाले शिक्षक , कर्मचारी लगायत विभिन्न पेसामा कार्यरत कर्मचारीका समस्या प्रति सचेत रहेको भन्दै हरेक पेशा र व्यवसायलाई व्यवस्थित गरिनुपर्नेमा उहाँको जोड थियो ।
राज्यका नजरमा सबै कर्मचारी समान हुने भन्दै उहाँले आस्थाको आधारमा कसैमाथि भेदभाव नगरिने बताउनुभयो ।
अध्यक्ष भुसालले जनताको काम प्रभावकारी रुपमा सम्पन्न गर्नको निम्ति सबैको सकारात्मक सहयोग हुनुपर्नेमा समेत जोड दिनुभयो ।

पेशागत महासंघका जिल्ला संयोजक ध्रुब के.सी.को अध्यक्षता ,शोभाखर पन्थीको संचालन र नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य जनार्दन खनाल ,जिल्ला कमिटी सचिव तोजबहादुर रायमाझी ,पेसागत महासंघका केन्द्रीय सचिवालय सदस्य उमानाथ पौडेल ,केन्द्रीय सदस्य तुलशा श्रेष्ठ ,नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य डिलकुमार के.सी. लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार