१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

लगातार तेस्रो पटक रनिङ शिल्ड द्धेउराली माबीलाई

माधव बेल्वासे / अर्घाखाँची ।
लगातार तेस्रो पटक रनिङ शिल्ड जित्दै द्धेउराली माबी पटौटिले पाँचौ रनिङ शिल्डमा पनि आफ्नो बलियो सहभागिता सिद्ध गरेको छ ।
द्धेउराली माबिले आइतबार र सोमवार सम्म सम्पन्न खेलहरुमा सबैभन्दा धेरै अङ्क ल्याउदै तेस्रोपटक रनिङ शिल्ड जित्न सफल भएको हो ।
२४ अङ्क पाएको द्धेउरालिले अघिल्लो सस्करणका २ पडक पनि हात पारेको थियो । यो सङ्गै उसले शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको छ ।
समापन कार्यक्रममा पालिका अध्यक्ष टेकराज न्यौपाने तथा प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले विभिन्न खेलमा बिजेता खेलाडी तथा बिधालयलाई पुस्तार, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख तेज बहादुर खनालले गर्नुभएको थियो ।
यस्तै १७ अंक बटुलेको शिवमदन दोस्रो भएको छ । सहभागी समूह मध्यबाट जनसेवा माबिले सबैभन्दा अनुशासित खेलाडीको रुपमा आफुलाई चिनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार