३ माघ २०८१, बिहिबार
३ माघ २०८१, बिहिबार

एमालेले अगाडि सारेको व्यक्ति राष्ट्रपति बन्छ: थापा

शोभाखर पन्थी
अर्घाखाँची /फागुन -०९

नेकपा एमालेका पोलिट व्युरो सदस्य सूर्य थापाले नेकपा एमालेले अगाडि सारेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । नेकपा एमाले अर्घाखाँची द्वारा सन्धिखर्कमा आयोजित २ महिने मिसन ग्रासरुट अभियानको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा मन्तव्य राख्दै उनले सत्ता गठबन्धन कसैले चाहँदैमा नटुट्ने बताए ।

अहिलेको गठबन्धन मुलुकको आबस्यकता र समयको माग भएको भन्दै उनले गठबन्धनलाई अझै कसिलो र बलियो बनाएर ५ बर्ष नै कायम राख्ने बताए । अहिलेको गठबन्धन भत्काउन अनेकौं षडयन्त्र भैरहेको भन्दै नेता थापाले बिचारको आधारमा बनेको गठबन्धनलाई भत्काउने सामर्थ्य कसैमा नभएको दावी गरे । उनलेे पौष-१० को आधारमा राजनितीक कोर्ष अगाडि बढी रहेको भन्दै नेकपा माओवादी केन्द्र पनि ईमान्दार भएर अगाडि बढ्नेमा आफुहरु विश्वस्त रहेको बताए ।

प्युठान जिल्ला बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य समेत रहेका उनले प्युठान र अर्घाखाँची जिल्लाका बासिन्दाको प्रेमभाव पुर्ण सम्बन्ध रहेको बताए । उनले दुबै जिल्लामा नेकपा एमालेले विजय हासिल गरेको बताउँदै जिल्लालाई नमुना बनाउने गरि बिकास निर्माणको काम गर्नुपर्नेमा जोड दिए ।नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिनेश पन्थीले नेकपा एमाले मात्र जनताको सच्चा पार्टी भएको बताए । उनलेे पार्टी लाई थप बलियो र जनमुखी बनाउन अभियानले सहयोग पुर्याउने दावी गरे ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले पार्टीलाई थप गतिशिल र जुझारु बनाउन अभियानले सहयोग पर्याउने बताए । उनले अभियान पछि पार्टीमा गतिशीलता बढ्ने दावी समेत गरे ।
नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता ,सचिव तोजबहादुर रायमाझीको संचालन र जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमले अभियान संचालनको निम्ति विभिन्न कार्यक्रम र योजना समेत निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार