१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

अर्घाखाँची : पत्रकार महतको निधनले शोकाकुल जिल्ला

अर्घाखाँची
मोटरसाइकल दुर्घटना हुँदा पत्रकार प्रकाश महतको निधनले अर्घाखाँची शोकमा डुबेको छ ।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका -५ बाँगी स्थायी घर भएका पत्रकार महत प्रेस चौतारीका जिल्ला सदस्य हुन । नेपाल खेलकुद महासंघ अर्घाखाँची जिल्ला शाखाका सह सचीव समेत थिए।

नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनमा सहभागी हुनका लागि अर्घाखाँची देखि बिराटनगर पुगेका ३४ बर्षिय प्रकाश महतको आइतवार राती १०: ३० हुदा बिराटनगरको बरगाछी स्थित होटल मनास्लु अगाडि सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै मृत्यु हुन् पुगेको प्रहरी श्रोतले जनाएको थियो । उनी सहकर्मी बिष्णु परियार संग खाना खाएर कोठा जाँदै थिए ।

महतको निधनको दुःखद घडीमा प्रेस चौतारी अर्घाखाँची , नेकपा एमाले अर्घाखाँची , खेलखुद महासंघ अर्घाखाँचीले शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार