३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

अर्घाखाँची प्रीमियर लिग APL फागुन २३ गते देखी सन्धिखर्कमा हुने

हरि कुँवर, अर्घाखाँची ।
अर्घाखाँची क्रीकेट संघले चौधौं अर्घाखाँची प्रीमियर लिग (APL) बारे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

चौथो अर्घाखाँची प्रीमियर लिग टि-२० क्रिकेट प्रतियोगिता फागुन २३ गते देखी सन्धिखर्कमा सुरु हुने भएको हो। जसको प्रथम पुरस्कार १लाख १ हजार रहने छ भने दोस्रो पुरस्कार ५१ हजार ट्रफी मेडल प्रमाणपत्र रहने अर्घाखाँची क्रीकेट संघका अध्यक्ष ऋषि भट्टराईले जानकारी दिएका हुन। खेलमा करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ ।

जसमा चार वटा टिमले भाग लिने छ्न भने दर्ता शुल्क २० हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार