प्रतिक्षा बेल्वासे / पाणिनी
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको ३५ औँ बार्षिक उत्सबको अवसरमा पाणिनी बहुप्राविधिक शिक्षालयमा बिविध कार्यक्रमहरु गरि मनाईएको छ । परिषदको स्थापना दिवसको अवसरमा आज शिक्षालयमा विविध कार्यक्रमहरु सम्पन्न भएका हुन् ।
प्रशासन प्रमुख कृष्ण प्रसाद घिमिरे सभापति रहनुभएको कार्यक्रम शिक्षालय प्रमुख मणि गैरेको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कार्यक्रममा शिभिल फ्याक्लटी अर्डिनेटर बिस्नु खनाल, फरेस्ट्रीको अर्डिनेटर बिबेक बन्जारा ,जियोमेटिक्स अडिनेटर विशाल रायमाझी, सुचना अधिकारी तथा भौतिक शास्त्र प्रशिक्षक मोहन आचार्य बिशिस्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अथिति गैरेले शिक्षालयको भौतिक, शैक्षिक सफलताका लागि कुनै कसर बाँकि नराख्ने भन्दै विद्यार्थीहरुलाई आफ्नो जिम्मेवारिमा विचलित नहुन आग्रह गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै सुचना अधिकारी आचार्यले सिपलाई श्रम सँग र श्रमलाई रोजगारसँग , रोजगारलाई उत्पादन र आय सँग जोड्न प्राविधिक शिक्षाले खेलेको भुमिकाको चर्चा गर्नुभएको थियो ।
निर्माण सहायक प्रशिक्षक हिमाल पान्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन केशब खनालले गर्नुभएको हो ।
साथै वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद सप्ताहमा विजेता तथा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको छ । खेलकुद सप्ताहलाई सफल बनाउन प्रमुख भुमिका निर्वाह गरेको भन्दै खेल संयोजक बिशाल रायमाझिलाई पनि शिक्षालयले प्रसंशापत्रले सम्मान गरेको छ ।
यस्तै कार्यालय सहयोगि टेकराज घिमिरेलाई पनि नगद सहित शिक्षालयले सम्मान गरेको छ । खेलकुद सप्ताहको रुपमा विभिन्न खेलकुद लगायत सांस्कृतिक कार्यक्रमहरु सम्पन्न गरि आज समापन गरिएको हो ।