१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

ट्याक्टर दुर्घटना हुँदा १ बालकको मृत्यु, २ जना घाइते

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गए राति ट्याक्टर दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ।

विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४ त ३०४६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टेको थियो।

ट्याक्टर दुर्घटनामा तीन जना घाइते भएकामा क्षेत्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका २ जनाको सोही अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पाठकले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार