एमालेको मिसन ग्रासरूट : पाणिनि गाँउपालिका तहमा अभिमुखिकरण कार्यक्रम

फागुन १६, पाणिनी दुर्गाफाट
सिद्धार्थ के.सि.

मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तर्गत नेकपा (एमाले) पाणिनि गाँउपालिका कमिटीको आयोजनामा पालिका तहमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
No description available.अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सचिव टोपबहादुर रायमाझी,केन्द्रीय कमिटी सदस्य दिनेश पन्थी,लुम्बिनी प्रदेश संगठन कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, प्रदेश सदस्यहरु प्रेमनारायण गैरे,बिजुला रायमाझी,काशिराम आचार्य,गोबर्धन थापा,प्रदेश सल्लाहकार परिषद सदस्य ईश्वरी प्रसाद खनाल,जिल्ला कमिटी उपसचिव भिम केसी,पालिका कमिटि इन्चार्ज टेकराज न्यौपाने लगायतले मिसन ग्रासरुट अभियान पालिका तहका नेताहरुलाइ अभिमुखिकरण गराउनु भएको थियो।No description available.पालिका कमिटी अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षता, सचिब गुनाखार अधिकारीको संचालनमा भएको अभिमुखिकरण कार्यक्रम तथा बैठकले फागुन २०,२१ र २३ गते वडा तहको अभिमुखीकरण गर्ने गरि पालिका वडा र टोल सम्मको २ महिने कार्ययोजना निर्माण तथा कार्यबिभाजन गरेको छ।May be an image of 6 people, people sitting and indoorकार्यकर्ताहरुलाई प्रशिक्षण दिदै नेताहरुले जनताका वास्तविक समस्या सँग नजिक रहेर जनस्तरका कामलाई प्रथमिकतामा राखेर काम गर्न आग्रह गरेका थिए ।May be an image of 4 people, people standing and indoorसाथै नेताहरुले देशको बिसम परिस्थितिको सामना गर्न ग्रास रुटबाटै योजना आवस्यक पर्ने भन्दै त्यसका लागि आ आफ्नो तहबाट कुशलता पुर्वक जिम्मेवारिको पालना गर्न समेत आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार