४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

अनेरास्ववियुद्वारा पाणिनी बहुमुखी क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन तालिका सार्वजनिक गर्न माग

हरि कुँवर, अर्घाखाँची

अनेरास्ववियु द्वारा पाणिनी बहुमुखी क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन तालिका सार्वजनिक गर्न माग गरेको छ ।

पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीले त्रिभुवन विश्व विद्यालयका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति सार्वजनिक गर्दा समेत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छैन ।

लिखित मौखिक रुपमा पटक- पटक जानकारी गराउदा समेत वेवास्ता गरेको हो । क्याम्पस प्रमुख समक्ष अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष बिपिन पन्थी, सचिव अनिल भुसाल, सहसचिव प्रकाश खनाल, अनेरास्ववियु नगर कमिटी ( सन्धिखर्क ) अध्यक्ष बिक्रम नेपाली लगायत सम्पुर्ण क्याम्पस कमिटी सदस्यहरु को उपस्थिति मा ध्यानाकर्षण पत्र पुन: बुधबार बुझाइएको छ ।

निर्वाचन प्रक्रिया अगाडि नवढाए अनेरास्ववियुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरि सोहि अनुसार अगाडि बढ्ने समेत जानकारी गराएको ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार