निगालि दुग्ध उत्पादक सहकारी संस्थाको १५औं बार्षिक समारोह सम्पन्न

पाणिनी / फागुन १७,
कमल भट्टराई / अर्घाखाँची

पाणिनि-४ मा रहेको निगालि दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १५ औं बार्शिक समारोह सम्पन्न भएको छ। सहकारीले विगतका बर्षहरुमा जस्तै यस् बर्ष पनि आफ्नो बार्शिक उत्सव सम्पन्न गरेको छ ।
कार्यक्रममा आर्थिक बर्ष ७८/७९ को आर्थिक प्रतिवेदन  समेत सार्वजनिक गरेको छ! कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रतिनिधि सभा सदस्य, माननिय टोपबहादुर रायमाझी,विशिस्ट अतिथि जिल्ला समन्वय समिति अध्यक्ष जिवनारायण कोइराला, पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने पाणिनि निवर्तमान अध्यक्ष अच्युत गौतम पाणिनि  गाउँपालिका उपाध्यक्ष  नर्मदा पौडेल पाणिनि ४ का वडा अध्यक्ष हरि प्रसाद घिमिरे लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि टोपबहादुर रायमाझीले दुधको उत्पादन वृद्धि गर्न किषानलाई जस्तोसुकै सहयोग गर्न पनि आफुहरु तयार रहेको र किषानलाई आत्मनिर्भर बनाउन आफुहरु सधैं भर मैदानमा रहेकोे समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जन अपेक्षाअनुसार आफुहरुले काम गर्न नसकेको र त्यसका लागि सर्वपक्षीय सहकार्य गर्नुको बिकल्प नभएको भन्दै सबै पक्ष विपक्ष नलिई समग्र पालिकाको विकासलाई हातेमालो गर्दै अगाडी बढ्न अनुरोध गर्दै किशानलाई उत्पादनको आधारमा प्रोत्साहन गर्न आफुहरुले विभिन्न निकायमा समन्वय गरि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे। कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न विभिन्न राजनीतिक दल समाजसेवी बुद्धिजीवी ब्याक्तीहरुले शुभकामना समेत ब्यक्त गर्नुभएको थियो ।।कार्यक्रमको संचालक दुर्गा प्राशाद अधिकारि ज्युले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता ग्रहण समाजसेवी सहकारी अध्यक्ष श्री यमलाल पाण्डे ज्युले गर्नु भएको थियो !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार