एमालेको मिसन ग्रासरुट अन्तरगत पणेनामा वडस्तरिय कार्यक्रम

पाणिनी गाउपालिका वडा न – १ – मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तर्गत नेकपा (एमाले) पणेना वडा कमिटीको आयोजनामा वडा तहमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ।

अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले)लुम्बिनी प्रदेश सदस्य रुद्रप्रसाद पाेख्रेल,जिल्ला कमिटी उप- सचिब भिम बहादुर के.सि,पाणिनि गाउपालिका पार्टी सचिब गुनाखर अधिकरि , प्रेस चाैतारि नेपाल अर्घाखाँची उप सचिब सिद्धार्थ सिद्धार्थ सागर के.सी. ,सितगङगा नगर सदस्य पुनराम अधिकार लगायतले मिसन ग्रासरुट अभियान वडा तहका नेताहरुलाइ अभिमुखिकरण गराउनु भएको थियो।

वडा कमिटी अध्यक्ष हरि प्रसाद पाेख्रेलको अध्यक्षता, सचिब निमा पाेख्रेल संचालनमा सम्पन्न भएको अभिमुखिकरण कार्यक्रम तथा बैठकले फागुन २६ देखि ३० गते टाेल तहको अभिमुखीकरण गर्ने गरि कार्ययोजना निर्माण तथा कार्यबिभाजन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार