४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

एमालेको मिसन ग्रास रुट अन्तरगत पाणिनीको वडा न. २ मा अभिमुखिकरण

न्युज सम्वाददाता / अर्घाखाँची
नेकपा एमालेको मिसन ग्रास रुट अन्तरगत अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका वडा तहमा अभिमुखिकरण कार्यक्रम शुरु भएका छन ।
यसै बिच आज गाउँपालिकाको वडा नं २ काे साविक वडा नं. ८ काे घाेलिडाडामा वडाकमिटिको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वडा नं २ का पार्टी वडा कमिटी अध्यक्ष माधव गाैतमकाे अध्यक्षता सचिव दुर्गा बहादुर घर्ती मगरको सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा प्रमुख अथिति एमाले प्रदेश कमिटि सदस्य, अ.ने.म संघ केन्द्रीय सचिवालय सदस्य तथा संघिय सांसद विजुला रायमाझी रहनुभएको थियो । यस्तै बिशिस्ट अथितिमा पालिका कमिटी सदस्य नर्मदा गाैतम पाैडेल रहनुभएको थियाे । कार्यक्रमका अथितिहरुमा जिल्ला सल्लाहकार सदस्य रामराज गाैतम , पालिका सचिवालय सदस्य तथा वडा नं. २ का ईन्चार्ज रुद्रप्रसाद गैरे वडा नं. २ का पदाधिकारीहरुकाे उपस्थिति र पार्टीका सकृय सदस्यहरुको उल्लासमय उपस्थिति रहेकाे आयोजकले जानाकारी दिएको छ ।

 यस कार्यक्रममा प्रमुख अथिति विजुला रायमाझीले ग्रास लेवल बाटनै पार्टिलाई सुदृढीकरण गरि अब आउने चुनावमा ५१% भन्दा बडि मत ल्याउने र जनताले चाहे जस्तो सरकार बनाएर जनभावना अनुरुप काम गर्ने गरि लाग्न कार्यकर्ताहरुलाइ आग्रह गर्नुभएको थियो । साथै पार्टि पंक्ति ग्रास लेवलमा पुग्न नसक्दा अरुले फाईदा लिएकाे र ग्रासलेवलबाट नै समस्याकाे समाधान गर्ने गरि काम थालनि गरेकाे बताउदै यस कार्यक्रममा उपस्थित हुन पाउदा खुशि भएकाे बताउनु भयाे ।

कार्यक्रमका अध्यक्ष माधब गाैतमले पार्टी भित्रकै जिम्मेवार ब्यक्तिहरुले कुठाराघात गरेका कारण आफुले चुनाव हारेकाे तर जनताकाे काम गर्नलाई चुनाब जित्नु मात्रै सबै नभएको भन्दै आफुलाइ जनताले गरेकाे विश्वासलाई सधै आत्मसाथ गरिरहने बताउनु भयाे । साथै यस ग्रासरुट कार्यक्रमले जराेदेखिनै फिल्टर गरेर पार्टी सुदृढीकरण हुनेमा आफु विश्वात रहेकाे र आम कार्यकर्ताहरुलाई पनि विश्वासत हुन आग्रह गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार