२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

अपाङ्गता भएका ब्यक्ति, सस्था र कार्य समितिका पदाधिकारीहरुका लागि २ दिने परियोजना प्रस्ताव लेखन सम्बन्धी तालीम

कमला परियार / अर्घाखाँची
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा अपाङ्गता भएका ब्यक्ति संघ सस्था र कार्य समितका पदाधिकारीहरुका लागि २ दिने परियोजना प्रस्ताव लेखन सम्बन्धि तालीम कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम देउराली अपाङ्गता उत्थान समाजका अध्यक्ष तारा पति क्षेत्री, प्रमुख अथिती रहनुभएको कार्यक्रममा शितगंगा नगरपालिका वडा न. ४ का अध्यक्ष दामोदर अधिकारी, ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकर अर्याल, ज्योति भबिश्वर बहुमुखी क्याम्पसका प्रमुख बिष्णु प्रसाद भट्टराई, महिला बालबालिका तथा जेष्ठ नागरिक शितगंगा नगरपालिका शाखा प्रमुख रमा पाण्डे, राष्ट्रिय अपाङ्गता महासघ लुम्बिनी प्रदेश सचिवलय सदस्य कमला परियार, पत्रकार अराज बेल्बासे लगायत शितगंगा नगरपालिकाका सम्पूर्ण अपाङ्गता भएका ब्यक्तिहरुलाइ परियोजना प्रस्ताव लेखन तालिमको सहजीकरण रा.अ.म.स. लुम्वििनी प्रदेश ब्यवस्थापक गोमा पन्थी गर्नु भएको थियोे भन्ने उक्त तालिममा परियोजना लेखन सम्बन्धि अपनाउनुपर्ने शेलि, के कसरी र कस्तो तरिकाबाट प्रभावकारी रुपमा परियोजना लेखन, प्रस्तावना तयारि सम्वन्धि विषयमा प्रष्ट परिएको थियो । कार्यक्रम दिपक पोख्रेलको स्वागत मन्तव्य र प्रबिना अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो
तालिमको समापन देउराली अपाङ्गता उत्थान समाजका अध्यक्ष तारापति क्षेत्रीले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार