२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

प्रतापपुर प्रशासनिक भवनको शिलान्यास

नवलपरासी पश्चिम / फागुन
रबिन्द्र यादव

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माणको काम आईतबारदेखि सुरु गरेको छ ।

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द यादवले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका हुन । दुई बर्षसम्म नया भवन निर्माण सम्पन्न हुनेगरी वडा नं ९ बेलाटारी स्थित जिर्ण अवस्थामा रहेको प्रतापपुर स्वास्थ्य चौकी भवनलाई भत्काएर ९ कठ्ठा जग्गामा उक्त भवन निर्माणको काम थालिएको हो ।

उक्त प्रशासनिक भवन कुल १४ करोड ६८ लाख ४९ हजार १९९ रुपैया लागतमा पल-देउतिबज्यै/डि.सी.ब्युल्डर्स जेभी कोटेश्वर-३२ काठमाडौले निर्माणको जिम्मा लिएको छ ।

बिगत ५ बर्षदेखि भाडामा प्रशासनिक कार्यालयञ देखि पालिका भित्रका विभिन्न शाखाका कार्यालय संचालन हुँदै आएको छ । गाउँपालिका अध्यक्ष यादवले चुनौतीपूर्ण समस्यालाई समाधान गर्दै दलगत स्वार्थ भन्दा माथि उठेर विकास निर्माणको कार्यमा सम्पुर्ण जनप्रतिनिधिले हातेमालो गरि अगाडि बढ्नेमा जोड दिए ।

गाउँपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा आफ्नै भवन निर्माण गर्न थालेको हो । यसअघि भाडाको घरमा बस्दै आएको गाउँपालिकाले निर्धारित समयमा भवन निर्माणको काम सकिए छिट्टै आफ्नो भवनबाट सेवा प्रभाव गर्ने गाउँपालिका अध्यक्ष यादवले बताए । उक्त प्रशासनिक भवन अपांग मैत्रीपूर्ण रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार